नियम १८
शपथ ग्रहण
(१) सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले अभियुक्तको रोहबरमा अनुसूची–४ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) सैनिक अदालतमा प्राड विवाक वा प्राड अधिकृतले अभियुक्तको रोहबरमा अनुसूची–५ मा तोकिएको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(३) सैनिक अदालतमा साक्षीको रूपमा उपस्थित हुने प्रत्येक व्यक्तिलाई बकपत्र गराउनु अघि अनुसूची– ६ बमोजिमको ढाँचामा शपथ गराउनु पर्नेछ ।